शनिबार, वैशाख १२, २०८३

नाचोले दुई वर्षपछि गोल गर्दा रियल मड्रिड शीर्षमा

स्पेनिस ला लिगामा रियल मड्रिड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

भल्लाडोलिड– स्पेनिस ला लिगामा रियल मड्रिड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

National life

आइतबार राति भएको खेलमा उसले भल्लाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियल शीर्ष स्थानमा पुगेको हो।

भाल्लाडोलिडको घरेलु मैदान जोस जोरिल्लामा भएको खेलमा पाहुना टोलीका तर्फबाट नाचोले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरे। डिफेन्डर नाचोले टोनी क्रुसको क्रसलाई हेडिङमार्फत गोल गरे। ला लिगामा दुई वर्षपछि गोल गरेका हुन्।

जितसँगै २१ खेलबाट ४६ अंक जोडेकाे रियल अंकतालिकाको शीर्ष स्थानमा रहँदा समान खेल खेलेको बार्सिलोना ४३ अंकसहित दोस्रोमा छ।

उता भल्लाडोलिड भने २२ अंकका साथ तालिकाको १६ औं स्थानमा छ।

kumari

प्रकाशित: Jan 27, 2020| 08:34 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।