बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका कोबेको सम्मानमा नेइमारको गोल समर्पण

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका कोबेको सम्मानमा नेइमारको गोल समर्पण

लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर नेइमारले आइतबार राति लिलविरुद्ध गरेका आफ्ना दुवै गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई समर्पण गरेका छन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

फ्रान्स– लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर नेइमारले आइतबार राति लिलविरुद्ध गरेका आफ्ना दुवै गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई समर्पण गरेका छन्।

उनले दुई गोल गर्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलमाथि २–० को जित हात पारेको छ।

स्टेड पेरि माउरोइमा भएको खेलमा घरेलु टोलीलाई हराउन नेइमारले पहिलो हाफ र दोस्रो हाफमा समान १ गोल गरे। उनले खेलको २८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको पिएसजीका लागि दोस्रो गोल पनि नेइमारले नै थपे। उनले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे।

क्यालिफोर्नियामा भएको हेलिकोप्टर दुर्घटनामा परेर अमेरीकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनको छोरीसँगै ९ जनाको मृत्यु भएको थियो।
ब्रायन्ट पाँच पटक एनबिए च्याम्पियनसमेत हुन्।

यसै घटनालाई सम्झँदै नेइमारले गोल सेलिब्रेसनका क्रममा बास्केटबलका लिजेन्ड्री खेलाडी कोब ब्रायन्टलाई श्रद्धान्जली दिए।
दोस्रो हाफ सकिएसँगै नेइमारले एउटा हातको २ औला र अर्को हातको ४ औंला देखाएर ब्रायन्टलाई श्रद्धान्जली दिए। २४ नम्बर ब्रायन्टको जर्सी नम्बर हो।

खेलपछि इन्स्टग्राममा पोस्ट गर्दै उनले ४१ वर्षीय ब्रायन्ट लिजेन्ड भएको लेखेका छन्।

प्रकाशित: Jan 27, 2020| 08:02 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।