बिहीबार, असार ३२, २०८३

भारतको दोस्रो जित, न्युजिल्याण्ड ७ विकेटले पराजित

न्युजिल्याण्ड भिजिटमा रहेको भारतीय टोलीले घरेलु टोलीविरुद्ध जित निकालेको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले हराएको हो।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

अकल्याण्ड- न्युजिल्याण्ड भिजिटमा रहेको भारतीय टोलीले घरेलु टोलीविरुद्ध जित निकालेको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले हराएको हो।

भारतले पाएको १ सय ३३ रनको सामान्य लक्ष्यलाई १७ ओभर ३ बलमै ३ विकेट गुमाएर पुरा गर्यो।

जितका लागि भारतीय ओपनर केएल राहुलले अर्धसतकीय इनिङ खेले। उनले ५० बलमा अवितिज ५७ रन प्रहार गरे।

त्यस्तै, कप्तान विराट कोहलीले ११ रन ल्याउँदा श्रेयश आयरले ४४ रनको योगदान दिए।

न्युजिल्याण्डका तर्फबाट टिम साउथीले कोहली र ८ रन ल्याएका रोहित शर्मालाई पेभिलियन फर्काएका थिए। इस सोधीले भारतको एक विकेट लिए।

पहिले ब्याटिङमा आएको न्युजिल्याण्डका तर्फबाट मार्टिन गुप्तिलले ३३, कोलिन मुन्द्रोले २६, केएस विलियम्सलनले १४ रनको योगदान दिए।

त्यस्तै रोस टेलरले १८ र टिम सेफर्टले ३३ रनको योगदान दिए।

न्युजिल्याण्डलाई १३२ रनमा सिमित गर्न भारतका रविन्द्र जडेजाले दुई र सार्दुल ठाकुर, जस्प्रित बुमराह, शिवम दुवेले समान एकरएक विकेट लिए
यो जितसँगै भारतले दुई खेल जितेको छ।

प्रकाशित: Jan 26, 2020| 16:34 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।