बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टेस्ट क्रिकेटमा पाँच लाख रन बनाउने पहिलो राष्ट्र बन्यो इंग्ल्यान्ड

टेस्ट क्रिकेटमा पाँच लाख रन बनाउने पहिलो राष्ट्र बन्यो इंग्ल्यान्ड

इंग्ल्याण्ड टेस्ट क्रिकेटमा पाँच लाख रन बनाउने पहिलो राष्ट्र बनेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– इंग्ल्याण्ड टेस्ट क्रिकेटमा पाँच लाख रन बनाउने पहिलो राष्ट्र बनेको छ।

शुक्रबार दक्षिण अफ्रिकाविरुद्धको एक हजार २२ औं खेलमा २५ रन बनाएसँगै इग्ल्यान्डले यो उपलब्धि हासिल गरेको हो।

इंग्ल्यान्डपछि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउनको सूचीमा अस्ट्रेलिया छ। अस्ट्रेलियाले चार लाख ३२ हजार सात सय ६ रन बनाएको छ। अस्ट्रेलियाले आठ सय ३० टेस्ट खेलेको छ।

सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा भारत छ। भारतले पाँच सय ४० खेलमा दुई लाख ७३ हजार पाँच सय १८ रन बनाएको छ।

त्यस्तै, वेस्ट इंडिजले पाँच सय ४५ खेलमा दुई लाख ७० हजार चार सय ४१ रन बनाएको छ।

इंग्ल्यान्डले सन् १८७७ मार्च १९ मा अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट खेलेको थियो। अस्ट्रेलियाको मेलबर्नमा भएको उक्त खेलमा इंग्ल्यान्ड ४५ रनले पराजित भएको थियो।

प्रकाशित: Jan 26, 2020| 14:25 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।