बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एलिसिककाे ह्याट्रिकमा एटलान्टाको फराकिलो जित, टोरिनो ७–० ले पराजित

एलिसिककाे ह्याट्रिकमा एटलान्टाको फराकिलो जित, टोरिनो ७–० ले पराजित

सिरी ‘ए’अन्तर्गत शनिबार राति भएको खेलमा एटलान्टाले टोरिनोलाई फराकिलो जित दर्ता गरेको हो ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

एटलान्टा– सिरी ‘ए’अन्तर्गत शनिबार राति भएको खेलमा एटलान्टाले टोरिनोलाई फराकिलो जित दर्ता गरेको हो ।

पाहुना टोली एटलान्टाले टोरिनोमाथि ७–० को फराकिलो अन्तरले पराजित भएको हो।

पाहुना टोलीका एलिसिकले १७ औं मिनेटमै सुरुवाती गोल गरे। उनले पालोमानोको पासलाई गोलमा बदलेका थिए।

त्यस्तै, २९ औं मिनेटमा गोसेन्सले एक गोल थपेर अग्रतालाई दोब्बर बनाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जपाटाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै तेस्रो गोल गरेपछि टोरिनो ३ गोलले पछि पर्यो।

पहिलो हाफमा ३–० को अग्रता बनाएको एटलान्टाले दोस्रो हापको सुरुवातमै आक्रामक खेल्यो। खेलको ५३ र ५४औं मिनेटमा इलिसिकले लगातार दुई गोल गरेर ह्याट्रिक पूरा गरे। त्यसपछि मुरेलले ८६ र ८९ औं मिनेटमा गोल गरेर ७–०को फराकिलो नतिजा बनाउन सफल बने।

टोरिनोलाई दुई रातो कार्ड

घरेलु टोलीले भने दुई रातो कार्ड खाएको छ। उसका मिडफिल्डर सासा लुकिले ८९ मिनेटमा रातोका कार्ड खाँदै बाहिरिए।

त्यसअघि नै टोलीका रक्षक अर्मान्डो इज्जोले दोहोरो पहेंलो कार्ड खाएर बाहिरिएका थिए। ७६ औं मिनेटमा १० खेलाडीमा सीमित भएको टोली ८९औं मिनेटमा ९ जनामा झरेको थियो।

जितसँगै एलान्टाले ३८ अंक बनाएको छ। उसले २१ खेलमा ११ जित र पाँच बराबरी खेल्दै यो नतिजा बनाएको हो।

प्रकाशित: Jan 26, 2020| 09:30 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।