बिहीबार, वैशाख ३१, २०८३

कोरोना आतंकः सामूहिक यात्रामा ननिस्कन चीनको निर्देशन

स्वदेश तथा विदेशमा सामूहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

एजेन्सी– स्वदेश तथा विदेशमा सामूहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।

National life

चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबारदेखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ ।

कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ । यद्यपि यो सङ्ख्या चीनले भनेकोभन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन् ।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ । सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामूहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।

प्रकाशित: Jan 26, 2020| 09:27 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।