बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिभुवन आर्मी शीर्षमा कायमै, मछिन्द्र र मनाङ मर्स्याङ्दी पछ्याउँदै

त्रिभुवन आर्मी शीर्षमा कायमै, मछिन्द्र र मनाङ मर्स्याङ्दी पछ्याउँदै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल सम्पन्न भएका छन्।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल सम्पन्न भएका छन्।

आठौं चरण सकिँदा त्रिभुवन आर्मी क्लब १७ अंकसहित शीर्ष स्थानमा छ। आर्मीले ५ खेलमा जित, २ मा बराबरी खेल्दा १ मा हारको सामना गरेको छ।

यसअघि सातौं चरण सकिँदा आर्मी शीर्ष स्थानमै थियो।

अंकतालिकामा मछिन्द्र र मनाङ मस्र्याङ्दी क्लब समान १६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। थ्री स्टार १४ अंकसहित चौथो स्थानमा रहँदा न्युरोड टिम (एनआरटी) १२ अंक बटुलेर पाँचौं स्थानमा छ। समान अंकसहित जाउलाखेल युथ र संकटा क्लब क्रमशः छैटौं र सातौं स्थानमा छन्।

यस्तै, नेपाल पुलिस ११ अंकसहित आठौं, च्यासल युथ ९ अंकसहित नवौं स्थानमा रहँदा बिग्रेड ब्वाइज र फ्रेन्ड्स क्लब समान ८ अंकसहित क्रमशः दसौं र एघारौं स्थानमा छन्।

अंकतालिकामा हिमालयन शेर्पा ७ अंक बटुलेर बाह्रौ, एपीएफ ५ अंकसहित तेह्रौं स्थानमा छ। पुछारको सरस्वती युथ क्लब १ अंक मात्रै बटुल्न सकेको छ।

‘ए’ डिभिजन लिगमा सातौं चरण सकियो, यस्तो छ अंकतालिका

 

प्रकाशित: Jan 26, 2020| 09:08 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।