बुधबार, असार ३१, २०८३

त्रिभुवन आर्मी र एनआरटीको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा शीर्ष स्थानको आर्मी र एनआरटीले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै त्रिभु्वन आर्मीेले दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको मनाङ मस्र्याङ्दीसँग १ अंकको दूरी बढाएको छ। त्रिभुवन आर्मीको १७ अंक छ भने मछिन्द्र र मनाङ मस्र्याङ्दीको समान १६ अंक छ।

एनआरटी भने बराबरीपछि अंकतालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ। एनआरटीको १२ अंक छ।

अन्तिम समयमा ‘कार्ड वर्षा’

खेलको अन्तिम समयमा एनआटीका खेलाडीमाथि ‘कार्ड वर्षा’ भएको छ।

खेलको ८८ औं मिनेटमा अन्गुने निकेन्गुएले पाए। त्यसको दुई मिनेट बित्न नपाउँदै अजित प्रजापतिलाई रेफ्रीले पहेंलो कार्ड देखाए।

थपिएको समयमा दुई मिनेटमा रेफ्रीले निकेन्गुएलाई रातो कार्ड देखाएपछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि थपिएको समयको आठ मिनेटमा एनआरटीका सकल रेग्मीले पहेंलो कार्ड पाए।

प्रकाशित: Jan 25, 2020| 14:57 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।