बुधबार, असार ३१, २०८३

सन्दीपको टिम मेलबर्न स्टार ब्रिसबनसँग आज प्रतिस्पर्धा गर्दै

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार ब्रिसबन हिटसँग आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

मेलबर्न– नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार ब्रिसबन हिटसँग आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ।

बिग ब्यास लिगअन्तर्गतको खेलमा आज मेलबर्न र ब्रिसबन भिड्न लागेका हुन्।

खेल नेपाली समय अनुसार दिउँसो १ः५५ बजे सुरु हुने छ।

आजको प्लेइङ इलेबेन सेटमा सन्दीप पर्ने सम्भावना बलियो छ। उनले जारी सिजनमा मेलबर्नले खेलेका १३ खेलमध्ये १२ मा टिममा परेका छन्। ती खेलबाट उनले १४ विकेट लिइसकेका छन्।

उनी यसअघिका दुई खेलमा पनि प्लेइन ११ मा थिए।

जारी सिजनमा मेलबर्न २० अंकसहित शीर्ष स्थानमा छ। मेलबर्नले १३ खेलमध्ये १० मा जित निकालेको छ।

प्रकाशित: Jan 25, 2020| 12:59 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।