आइतबार, चैत १, २०८२

कोरोना संक्रमितहरुको उपचारमा संलग्न चिकित्सककै मृत्यु

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरको चीनमा ज्यान गएको छ। सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको शनिबार बिहान ज्यान गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

चीन - कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरको चीनमा ज्यान गएको छ। सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको शनिबार बिहान ज्यान गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

National life

कोरोनाको उपचारमा संलग्न डाक्टरकै ज्यान गएको यो पहिलो घटना हो।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ। यस्तै कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमणका कारण अन्य २ सय ३७ जना नाजुक अवस्थामा रहेका छन्।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण उक्त प्रान्तमा ३९ जनाको मृत्यु भएको छ भने हेवेइ प्रान्तमा एकजना यस्तै हेइलङजियाङ प्रान्तमा एकजनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

चीनसहित अन्य देशमासमेत यसको प्रकोप फैलिएको छ। हालसम्म थाइल्याण्डमा चारजना, जापान, कोरिया, अमेरिकामा, भियतनाम र फ्रान्समा दुई/दुईजना तथा सिंगापुरमा तीनजना र नेपालमा एक जनामा यसको संक्रमण पाइएको छ।

प्रकाशित: Jan 25, 2020| 10:55 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।