सोमबार, चैत ९, २०८२

एफसी कोलोनको गोलपोष्टमा डर्टमण्डको पाँच गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्डले शानदार जित निकालेको छ। डर्टमण्डले एफसी कोलोनलाई ५-१ गोल अन्तरले हराएको छ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

डर्टमुण्ड - जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्डले शानदार जित निकालेको छ। डर्टमण्डले एफसी कोलोनलाई ५-१ गोल अन्तरले हराएको छ।

National life

घरेलु समर्थकमाझ डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। उनले ७७ औं र ८७ औं मिनेटमा गोल गरे। यस्तै राफायल गुइरेरो, मार्को रिउस र जाडोन सान्चोले एक/एक गोल गरे।

खेलको पहिलो मिनेटमा राफायलले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। २९ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डको अग्रतालाई दोब्बर बनाए। ४८ औं मिनेटमा सान्चोले गोल गर्दा पाहुना टिम तीन गोलले पछि परेको थियो। ६५ औं मिनेटमा कोलोनका मार्क उथले सान्त्वना गोल फर्काए।

जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ। डर्टमण्डले १९ खेलमा ३६ अंक जोडेको छ।

प्रकाशित: Jan 25, 2020| 08:29 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।