मंगलबार, फागुन २६, २०८२

ए डिभिजन लिगमा आज दुई खेल, एनआरटीलाई आर्मीको चुनौती

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा न्युरोड टिमले उपाधि दावेदार त्रिभुवन आर्मी क्लबको समाना गर्नुपर्ने छ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा न्युरोड टिमले उपाधि दावेदार त्रिभुवन आर्मी क्लबको समाना गर्नुपर्ने छ।

National life

आजको खेलमा जित निकाल्दै आर्मी अन्य क्लबसँग अंकदुरी बढाउने दाउमा हुने छ। १६ अंकका साथ शीर्ष स्थानमा रहेको आर्मीलाई मछिन्द्र र मनाङले समान अंकका साथ पच्छ्याइरहेका छन्। आर्मीले जित निकालेको खण्डमा ३ अंकको अग्रता बनाउने छ।

उता, गत संस्करणमा पुछारमा रहेको न्युरोड टिमले प्रदर्शनमा सुधार गर्दै चार खेल जितिसकेको छ। एक बराबरी र दुई हारको सामना गरेको एनआरटी आजको खेलबाट पाँचौ जितको खोजीमा हुने छ। खेल १२ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

दोस्रो खेलमा फ्रेण्ड्स क्लबले संकटा क्लबको सामना गर्ने छ। अंक तालिकामा नवौं स्थानमा रहेको संकटा र ११ स्थानको फ्रेण्डस् क्लब आपसमा राम्रा प्रतिद्वन्द्वी हुन्। दुई जितको निकालिसकेका दुवै टोली आजको खेलबाट तेस्रो जित निकाल्ने दाउमा छन्।

फ्रेण्डस् क्लब आफ्नो खातामा तीन अंक थप्दै आठौं स्थानमा उक्लन चाहन्छ भने संकटा क्लबले जित निकालेमा छैटौं स्थानमा उक्लने छ। तर, संकटाले दुई भन्दा धेरै गोल अन्तरले जित निकालेको खण्डमा भने अंक तालिकाको पाँचौं स्थानसम्म जान सक्छ। खेल ३ बजे दशरथ रंगशालामा हुने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 25, 2020| 08:14 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।