बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको कर छुट सीमा बढाइँदै

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको कर छुट सीमा बढाइँदै

सामाजिक सुरक्षा कोषको योगदानकर्तालाई कर छुटको सीमा बढाइने भएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - सामाजिक सुरक्षा कोषको योगदानकर्तालाई कर छुटको सीमा बढाइने भएको छ। शुक्रबार बाणिज्य बैंकको ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोषमा योगदान गर्नेलाई दोहोरो कर नलाग्ने व्यवस्था गर्न लागेको जानकारी दिए। उनले भने,‘कोषमा योगदान गर्नेहरुलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको छ।'

बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले दोहोरो कर भएको भन्दै कोषमा आवद्ध हुन मानेका थिएनन्। उनीहरुको मुख्य माग भनेकै दोहोरो कर रहेको थियो।
अर्थमन्त्री डा.खतिवडाका अनुसार उच्चआय भएका बैंकरहरुले दोहोरो करबाट उन्मुक्तिको माग गरिरहेको बेलामा सरकारले मध्यम आय भएका कर्मचारीहरुलाई समेत लाभ मिल्ने गरी पारिश्रमिक आयमा कर छुटको सीमा वृद्धि गर्न लागेको हो।

त्यस्तै सोही कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले राष्ट्रिय बाणिज्य बैंकलाई मर्जरमा जान पनि सुझाव दिए। उनले भने,‘आफ्नो व्यवसाय मिल्ने संस्था खोजेर मर्जरमा जानु उपयुक्त हुन्छ।’

प्रकाशित: Jan 24, 2020| 18:33 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्