सोमबार, चैत ९, २०८२

नेपकम्स अन्तरकलेज फुटसलमा ३२ टिम भिड्दै

आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं – आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।

National life

बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन्।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ। जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तीमा ३ खेल खेल्नेछन्।

Laxmi sunrise bank
kumari

दुईदिने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

प्रकाशित: Jan 24, 2020| 16:52 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।