सोमबार, चैत ९, २०८२

न्युजिल्याण्डविरुद्धको श्रृङ्खलामा भारतको अग्रता

भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले शुक्रबार घरेलु टिम न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्‍यो।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले शुक्रबार घरेलु टिम न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्‍यो।

National life

अकल्याण्डमा सम्पन्न खेलमा न्युजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। भारतका लागि श्रेयर अएरले अविजित रहँदै सर्वाधिक ५८ रन जोडे। उनी खेलका म्यान अफ द म्याचसमेत चुनिए। यस्तै केएल राहुलले ५६ रन जोड्दा कप्तान विराट कोहलीले ४५ रन बनाए। न्युजिल्याण्डका सोधीले दुई तथा मिचेल स्यान्टनर र ब्लेयर टिकनरले समान एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन जोडेको थियो। न्युजिल्याण्डका तीन खेलाडीले अर्धशतक पुरा गरे। कोलिन मुन्‍रोले सर्वाधिक ५९ रन बनाउँदा रोस टेलरले अविजित ५४ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए। भारतका रविन्द्र जडेजा, शिवम् दुवे, युजवेन्द्र चहल, शार्दुल ठाकुर र जसप्रित बुमराहले समान एक/एक विकेट लिए।

दोस्रो टी-ट्वान्टी खेल आइतबार हुने छ।

प्रकाशित: Jan 24, 2020| 16:48 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।