बुधबार, भदौ ३, २०८३

बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करण घोषणा, कथा पठाउने म्याद फागुन १२ सम्म

१२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’ को घोषणा गरेको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौ‌ं– १२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’ को घोषणा गरेको छ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर १२ खरीले प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरेको हो।

प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने बताइएको छ।

ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ।

प्रतियोगिताको निर्णायकहरुमा पत्रकार तथा साहित्यकार नारायण वाग्ले, उपन्यासकार अमर न्यौपाने र गत वर्षको प्रतियोगिताकी विजेता बिना थिङ तामाङ छन्।

प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे कथालाई क्रमश: एक लाख, ६० हजार र ४० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १० गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगानामा पठाइसक्नुपर्ने जनाइएको छ।

कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते सार्वजनिक गरिने सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

गत वर्ष करिब ९ सय वटा कथा प्राप्त भएकोमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ पहिलाे, लक्ष्मण वियोगीको ‘टाउको’ दाेस्राे

 र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तेस्राे भएको थियो।

प्रकाशित: Jan 24, 2020| 16:43 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।