काठमाडौं- नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा गएकाहरुलाई मध्यजनर राख्दै माघ २७ गतेबाट वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ४० करोड रुपेयाँ बराबरको बचतपत्र निष्कासन गरेको हो । चालू आर्थिक वर्षको यो दोस्रो बचतपत्र हो ।
यसअघि पुस २१ गते पहिलो चरणको २० करोड बराबरको रकमको बचतपत्र जारी गरेको थियो । राष्ट्र बैंकले बचतपत्रको व्याजदर १० प्रतिशत तोकेको छ ।
बचतपत्रको साँवा भने २०८१ चैत्रमा भुक्तानी हुने छ । तर व्याज भने ६/६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जानेका परिवारले न्यूनतम १० हजार रुपैयाँले बचतपत्र भर्नुपर्ने छ।