बुधबार, भदौ ३, २०८३

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

केहीदिनयता निरन्तर बढीरहेको सेयर बजार साताको अन्तिम दिन बिहीबार १५ दशमलव ९५ अंकले ओरालो लागेर १२९७.४७ अंकमा अडिएको छ। यसदिन १७२ कम्पनीका १ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं - केहीदिनयता निरन्तर बढीरहेको सेयर बजार साताको अन्तिम दिन बिहीबार १५ दशमलव ९५ अंकले ओरालो लागेर १२९७.४७ अंकमा अडिएको छ। यसदिन १७२ कम्पनीका १ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

गत साता निरन्तर धेरै अंककासाथ बजार बढेकोले यस साता करेक्सन भएको बजार विश्लेषकहरुको भनाई छ । बिहीबार अन्य समूह र जीवन बीमा कम्पनीको सेयर बढेको छ। बाँकी सम्पूर्ण समूहगत उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ।

यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमइ बैंक रहेका छन्। यस्तै कमाउनेहरुमा सिनर्जी पावर डेभलपमेन्ट, मिथिला लघुवित्त वित्तिय संस्था, कन्चन डेभलपमेन्ट बैंकलगायत रहेका छन् भने गुमाउनेमा सिद्धार्थ इक्विटी फण्ड, मन्जुश्री फाइनान्स, हिमालय उर्जा विकास कम्पनी रहेका नेप्सेले जनाएको छ।

प्रकाशित: Jan 23, 2020| 16:27 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्