बुधबार, भदौ ३, २०८३

काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

काठमाडौंको टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने भएको छ। भिजिट नेपाल र काँठे क्षेत्रका लोकदोहोरीलाई सहयोग पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं - काठमाडौंको टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने भएको छ। भिजिट नेपाल र काँठे क्षेत्रका लोकदोहोरीलाई सहयोग पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

डिएआर मुभिजको आयोजनामा हुने महोत्सव आउँदो फागुन १६ गतेदेखि २० गतेसम्म आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान भन्ने मूलनाराका साथ महोत्सव आयोजना गरिन लागेको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए।

काठमाडौं आसपासका तत्कालिन ११ जिल्लालाई काँठे जिल्लाका रुपमा चिनिन्थ्यो। त्यहीँका लोकगीत, घाँसेगीत, सेलो, खैजेडी भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमेलगायतका गीतसँगीत तथा रहनसहन, खाना, वाध्यवादनm भेषभूषाको प्रवद्र्धन महोत्सवमा गरिने आयोजकले जनाएको छ।

महोत्सवमा खुला काँठे लोकगीत प्रतियोगितासमेत आयोजना गरिने छ। प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले दुई लाख, तेस्रोले एक लाख र तथा सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ।

महोत्सव प्रवेश निशुल्क रहने छ।

प्रकाशित: Jan 23, 2020| 13:32 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।