बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक तथा सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक तथा सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रव्रिmयामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधीमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Jan 23, 2020| 11:58 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्