शुक्रबार, जेठ १, २०८३

चीनमा कोरोना भाइरसबाट १७ को मृत्यु

चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

चीन– चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट १७ जनाको मृत्यु भएको छ।

National life

स्वास्थ्य अधिकारीका अनुसार बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ, जसमा ५७१ चिनियाँ छन्।

यो भाइरस बुहानस्थित हुवानान होलसेल सिफुड मार्केटबाट मान्छेमा सरेको थियो। त्यसपछि चीनमा फैलिएको यो भाइरसको संक्रमण थाइल्यान्ड, हङकङ, मकाउ, ताइवान, अमेरिका, जापान र दक्षिण कोरियामा देखिएको छ।

भाइरस संक्रमण फैलिएपछि यसले विश्वव्यापी रूप लिने भन्दै चिन्ता व्यक्त गरिएको छ। तर, विश्व स्वास्थ्य संगठनले भने यसले विश्वव्यापी रूप लिने खतरा नभएको जनाएको छ।

यसैबीच, कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीन सरकारले बुहानमा सार्वजनिक यातायात सेवा बन्द गराएको छ। बिहीबार बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेस्टुरेन्ट बन्द गरिएका छन्।

प्रकाशित: Jan 23, 2020| 10:43 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।