आइतबार, चैत १, २०८२

कोरोना भाइरस फैलिएपछि बुहानको सार्वजनिक यातायात बन्द

कोरोना भाइरसको प्रकोप फैलिएपछि चीन बुहान सहरको सार्वजनिक यातायात सेवा बन्द गराइएको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– कोरोना भाइरसको प्रकोप फैलिएपछि चीन बुहान सहरको सार्वजनिक यातायात सेवा बन्द गराइएको छ।

National life

भाइरसको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिन चीन सरकारले बुहानको सार्वजनिक यातायात सेवा बन्द गराएको हो।

बुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित सहर हो।

बीबीसीका अनुसार संक्रमित क्षेत्रबाट अन्य स्थानमा कोरोना भाइरस पुग्ने खतरा देखिएपछि बुहानका नागरिकलाई एक साता कहीँ ननिस्कन त्यहाँको सरकारले उर्दी जारी गरेको छ। त्यस्तै, अन्य स्थानबाट बुहानमा नआउन पनि भनिएको छ।

कोरोना भाइरसको संक्रमण चीनसँगै अमेरिकामा पनि देखिएको छ। अमेरिकामा यो भाइरसको संक्रमण देखिएपछि यसले विश्वव्यापी रूप लिनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

Laxmi sunrise bank
kumari

तर, विश्व स्वास्थ्य संगठनले भने यसले विश्वव्यापी रूप लिने खतरा नरहेको बताएको छ।

कोरोना भाइरसका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ। यसबाट ५ सयभन्दा बढी संक्रमित भएको बताइएको छ।

प्रकाशित: Jan 23, 2020| 09:55 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।