बिहीबार, वैशाख ३१, २०८३

घुस लिएको अभियोगमा इन्टरपोलका पूर्वप्रमुख जेल चलान

घुस लिएको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलका पूर्वप्रमुख मङ खोङवे जेल चलान भएका छन् । पदमा रहँदा
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

एजेन्सी- घुस लिएको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलका पूर्वप्रमुख मङ खोङवे जेल चलान भएका छन् ।

National life

पदमा रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा चीनको एक अदालतले उनलाई १३ वर्ष जेल सजाय सुनाएको हो ।

‘पदीय मर्यादाविपरीत घुस लिएको अभियोगमा मङलाई अदालतले १३ वर्ष ६ महिना जेल सजाय र ९० हजार अमेरिकी डलर जरिवाना तोकेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै मङले आफूमाथि लागेका सबै अपराधलाई स्वीकार गरेको जनाएको छ ।

सन् २०१८ मा इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएको समय उनी बेपत्ता भएका थिए । उनको अवस्थाबारे सर्वत्र चासो बढेपछि सरकारले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको थियो ।

चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्विकारेका थिए । मङमाथि व्यक्तिगत फाइदाका लागि पद दुरुपयोग गरेको अभियोग लागेको छ ।

प्रकाशित: Jan 23, 2020| 09:33 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।