बुधबार, भदौ ३, २०८३

सेयर बजार ७.०५ अंकले घट्यो

यसदिन बजार ७.०५ अंकले ओरालो लागेको छ भने समूहगत परिसूचकमा जीवन बीमा समूहको उपसूचकबाहेक सम्पूर्ण उपसूचक राताम्मे भएको छ। बुधबार १७८ कम्पनीको ४९ लाख १४ हजार कित्ता सेयर १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको सेयर काराबार भएको छ ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) पछिल्लो सयमा फेरि घट्न थालेको छ । आइतबार दोहोरो अंक बढेको बजार सोमबार घटेको थियो । तर मंगलबार केही बढेको बजार बुधबार फेरि घटेको छ ।

यसदिन बजार ७.०५ अंकले ओरालो लागेको छ भने समूहगत परिसूचकमा जीवन बीमा समूहको उपसूचकबाहेक सम्पूर्ण उपसूचक राताम्मे भएको छ। बुधबार १७८ कम्पनीको ४९ लाख १४ हजार कित्ता सेयर १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको सेयर काराबार भएको छ ।

यसदिन ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी ६१ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मर्जरका कारण करिब ६ महिना कारोबार नभएको बजार मर्जरपछि कारोबार खुलेसँगै यस बैंकको सेयर किन्न लगानीकर्ताहरु झुम्मिएका हुन् ।

त्यस्तै यसदिन धेरै कारोबार हुने कम्पनीमा नेपाल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनी रहेको छ ।

बुधबार सबैभन्दा बढी कमाउनेमा एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् भने पाँचथर पावर कम्पनी, कञ्चन डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

प्रकाशित: Jan 22, 2020| 17:47 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्