आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ भाइरसबाट चीनमा नाै जनाको मृत्यु, संक्रमण फैलिँदै अमेरिकासम्म

नयाँ भाइरसबाट चीनमा नाै जनाको मृत्यु, संक्रमण फैलिँदै अमेरिकासम्म

चीनको वुहान र साङ्घाई शहरमा देखापरेको नयाँ भाइरसबाट नौ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

चीनको वुहान र साङ्घाई शहरमा देखापरेको नयाँ भाइरसबाट नौ जनाको मृत्यु भएको छ ।

National life

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै यहि भाइरसका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको हो ।

यस्तै यो भाइरस अमेरिका पनि देखा परेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वुहानबाट अमेरिकाको सियाटल शहर पुगेका अन्दाजी ३० बर्षीय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अमेरिकाले कोरोना भाइरस आफ्नो देशमा फैलिएको पहिलो घटना दर्ता गराएको छ।

अमेरिकामा समेत कोरोना भाइरस पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार आपत्तकालिन बैठक बोलाएको छ।

Laxmi sunrise bank
kumari

थाइल्याण्ड, जापान र दक्षिण कोरियासम्मका नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ। नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

के हो नयाँ भाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले देखा परेको नयाँ भाइरस कोरोना भाइरसको एउटा प्रकार हो । रुघाखोकी लाग्ने र गम्भीर श्वासप्रश्वास प्रणलीमा संक्रमणजस्ता लक्षण देखिने यो भाइरस सार्सको नजिक रहेको अनुसन्धानकर्मीले बताएका छन् ।

यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ। उक्त भाइरसले कतिपय बिरामीमा न्यूमोनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस न्यूमोनियाले ग्रस्त थिए ।

कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नयाँ भाइरसको 'जेनेटिक कोड' विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार 'सार्स' जत्तिकै शक्तिशाली भएको बताइएको छ।

सार्सबाट चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

 

प्रकाशित: Jan 22, 2020| 11:49 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।