बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५० प्रतिशत कर्जा साना तथा मझौला व्यवसायीलाई दिनूः अर्थमन्त्री खतिवडा

५० प्रतिशत कर्जा साना तथा मझौला व्यवसायीलाई दिनूः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले ५० प्रतिशत रकम कर्जा साना तथा मझौला क्षेत्रमा प्रवाह गर्नुपर्ने आग्रह गरेका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले ५० प्रतिशत रकम कर्जा साना तथा मझौला क्षेत्रमा प्रवाह गर्नुपर्ने आग्रह गरेका छन्।

कृषि विकास बैंकको ५३ औंं वार्षिकोत्सव कार्यक्रममा उनले नेपालमा साना तथा मझौला उद्योगहरुको ठूलो योगदान रहेको र यस्ता उद्योगलाई प्रोत्साहित गर्नका लागि कुल कर्जाको ५० प्रतिशत कर्जा साना तथा मझौला उद्योगहरुलाई प्रवाह गर्न आग्रह गरेका हुन्। नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय भएको उनले बताए ।

कृषि विकास बैंकको कुल कर्जामध्ये ८० प्रतिशत कर्जा १० लाख भन्दा कम रकम बराबरको गएको बैंकले तथ्यांक प्रस्तुत गरेको छ। अर्थमन्त्री खतिवडाले अन्य बैंकहरुले पनि कृषि विकास बैंकबाट सिकेर साना तथा मझौला उद्योगमा ऋण प्रवाह गर्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले बैंकहरुको नाफाको अंकमा मात्र हेरेर ब्याज कम गर्न दबाब नदिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे।

प्रकाशित: Jan 21, 2020| 17:22 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्