बुधबार, भदौ ३, २०८३

हिमालयन बैंकको सेयर स्याकारले रुप ज्योतिलाई बेच्यो

हिमालयन बैंकको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर रुपज्योतिले किनेका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं- हिमालयन बैंकको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर रुपज्योतिले किनेका छन्।

ज्योति गु्रपद्धारा प्रवर्तित स्याकार कम्पनीको नाममा नाममा रहेको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर रुप ज्योतिले आफूले किनेका हुन्।

रुप ज्योतिले प्रतिकित्ता २९० रुपैयाँमा बैंकको सेयर किनेका हुन्।

उनले जम्मा २४ करोड ४६ लाख १७ हजार स्याकार कम्पनीलाई बुझाएका छन्।

दोस्रो बजारमा हिमालयन बैंकको मंगलबार ५६६ मा कारोबार भएको छ। रुपज्योति ज्योति ग्रुपका उपाध्यक्ष हुन्।

रुप ज्योतिले हिमालयन बैंकको सेयर किनेको हल्लापछि मंगलबार सेयर बजारमा हिमालयनको संस्थापक सेयर बढी कारोबार भएको छ।

त्यस्तै सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने झिनो अंकले उकालो लागेको छ।

यसदिन बजार ३.३६ अंकले उकालो लागे १३२०.४७ अंकमा अडिएको छ। मंगलबार विकास बैंक, जलविद्युत, फाइनान्स र अन्य समूहबाहेकक सम्पुर्ण उपसमूहका सुचक बढेको छ।

यसदिन सेयर बजारबाट कमाउनेमा गुँरास लाइफ इन्स्योरेन्स, ग्लोवल आइएमई बैंक,पाँचथर पावर कम्पनी, स्पर्स लघुवित्त, सामुदायिक लघुवित्तका लगानीकर्ताहरु रहेका छन् भने धेरै गुमाउनेमा एनआइसी एसिया ग्रोथ फन्ड,आइसी एफसी लिमिटेडका लगानीकर्ताहरु रहेका छन्।

यसदिन हिमालयन बैंकको प्रमोटर सेयर, हिमालयन डिष्टिलरी,एनआइसी एसिया बैंकको सबैभन्दा बढी सेयर विक्रि भएको नेप्सेले जनाएको छ।

दिनभर १८३ वटा कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर १ अर्ब ५१ करोड बराबरको कारोबार भएको छ।

प्रकाशित: Jan 21, 2020| 15:45 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्