आइतबार, चैत १, २०८२

जेपी नड्डा बने भाजपा अध्यक्ष

भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय अध्यक्षमा जेपी नड्डालाई अध्यक्ष चयन गरेको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं-  भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय अध्यक्षमा जेपी नड्डालाई अध्यक्ष चयन गरेको छ।

National life

दिल्लीस्थित पार्टी मुख्यालयमा भएको एउटा बैठकले नड्डालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। उनी सन् २०२२ सम्म अध्यक्ष पदमा बहाल रहनेछन्।

मोदी सरकारको वर्तमान कार्यकालमा पार्टीका तत्कालीन अध्यक्ष अमित शाह केन्द्रीय गृहमन्त्री नियुक्त भएपछि नड्डा पार्टीको कार्यकारी अध्यक्ष बनाइएका थिए।

उनी प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका निकटस्थ हुन्। ५९ वर्षीय नड्डा भाजपा राष्ट्रिय अध्यक्षको पदमा नियुक्त हुने ११ औं व्यक्ति हुन्।

विद्यार्थी नेताबाट राजनीति शुरु गरेका उनी लामो समयसम्म हिमाचल प्रदेशको राजनीतिमा सक्रिय थिए। सन् २०१० मा केन्द्रीय राजनीतिमा कदम राखेका उनलाई भाजपाका तत्कालीन अध्यक्ष नीतिन गडकरीले पार्टी महासचिव बनाएका थिए। त्यसपछि उनी नरेन्द्र मोदीको पहिलो सरकारमा स्वास्थ्य मन्त्री बनाइएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2020| 17:53 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।