सोमबार, भदौ १, २०८३

जसले राजनीति छोडेर चित्लाङलाई नयाँ परिचय दिए

काठमाडौंको चन्द्रागिरिबाट दक्षिणतर्फ पर्ने मकवानपुरको चित्लाङ पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। यो ठाउँलाई अहिलेको अवस्थामा पुर्‍याउन अशोकको विशेष योगदान छ।
 |  बुधबार, मंसिर २५, २०७६

रवीन्द्र सुवेदी

रवीन्द्र सुवेदी

बुधबार, मंसिर २५, २०७६

चित्लाङ- अशोक सिंह ठकुरी कुनै समय राजनीति गर्थे। मकवानपरको तत्कालीन जिविस सदस्यसम्म बने। तर, राजनीतिले उनलाई खुसीभन्दा बढी कुण्ठा दियो। अनेक तिकडम गर्नुपर्ने ‘फोहोरी खेल’बाट वाक्क भएपछि राजनीतिबाट अलग भएर कृषि क्षेत्रमा समर्पित भए।

काठमाडौंको चन्द्रागिरिबाट दक्षिणतर्फ पर्ने मकवानपुरको चित्लाङ पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। यो ठाउँलाई अहिलेको अवस्थामा पुर्‍याउन अशोकको विशेष योगदान छ। त्यसो त चित्लाङ आफैंमा ऐतिहासिक र सांस्कृतिक नगर हो।

नेपालमै पहिलोपटक बाख्राको दूधबाट चीज उत्पादन, बाख्रा फार्म र होमस्टेले चित्लाङको परिचय थप उचाइमा पुर्‍याएको छ। यो परिचय दिने व्यक्ति उनै अशोक सिंह ठकुरी हुन्।

‘फर्स्ट नेप्लिज गोट चीज’

राजनीति छाडेर कृषक समूहमा बस्दा अशोकलाई खिसिटिउरी गर्ने धेरै थिए। तरपनि कृषि पेसा पैसामात्र होइन, पहिचान हो, जीवन हो र समृद्धिको बाटो हो भन्ने लाग्यो उनलाई।

कृषिमा जोडिएपछि अशोकलाई अरूले भन्दा केही भिन्न काम गर्ने रुचि जाग्यो। जसले आम्दानी मात्र होइन, चित्लाङकै परिचय फेरियोस्। त्यसैले उनले रोजे– बाख्राको दूधबाट चीज उत्पादन।

कतिपय नेपालीलाई बाख्राको दूधबाटै लाखौँ रुपैयाँ कमाउन सकिन्छ भन्ने थाहै छैन। अशोकको फार्ममा बाख्राको दूधबाट उत्पादित चीज काठमाडौंका पाँचतारे होटलमा ३ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ अहिले।

अशोकले चीज उत्पादन गर्न चाहिने दूधका लागि ९० वटा बाख्रा पालेका छन्। ती बाख्राबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। उनी होमस्टेमा आउने अतिथिलाई चीजले स्वागत गर्छन्। दैनिक ६ किलो चीज काठमाडौं पठाउँछन्।

प्रकाशित: Dec 11, 2019| 14:20 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्