मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्घार्थ बैंकको सहयोगमा नि:शुल्क क्यान्सर जाँच शिविर

सिद्घार्थ बैंकको सहयोगमा नि:शुल्क क्यान्सर जाँच शिविर

 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले ०७६ माघ ४ गते शनिबार काठमाडौंको ज्याठा, वडा नं २७ मा अन्नपूर्ण मिसास्पुचस् र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निस्शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

प्रकाशित: Jan 20, 2020| 16:23 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्