मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक र ई–सेवा फोनपे प्रालिबीच समझदारी

महालक्ष्मी विकास बैंक र ई–सेवा फोनपे प्रालिबीच समझदारी

 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालि बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन्। उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्ध गराउने छ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरे ।

प्रकाशित: Jan 20, 2020| 16:21 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्