काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन (आज) मोबाइल एप रिचार्जरमा बिग सेल २०२० सञ्चालन भएको छ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ ।
भ्रमण वर्ष सचिवालयको आधिकारिक ई–कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा जनवरी २० का दिन १२ बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पी आवर अन्तर्गत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैयाँमा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । विश्वभर रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।
भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।