मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अल्पकालीन लगानीकर्ता हाबी हुँदा नेप्से २६ अंकले ओरालो

अल्पकालीन लगानीकर्ता हाबी हुँदा नेप्से २६ अंकले ओरालो

पछिल्लो समयमा लगातार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) सोमबार २६.५४ अंकले ओरालो लागेर १३१७.११ अंकमा अडिएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं- पछिल्लो समयमा लगातार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) सोमबार २६.५४ अंकले ओरालो लागेर १३१७.११ अंकमा अडिएको छ।

साताको सुरुको दिन आइतबार बजार झण्डै ३४ अंकले उकालो लागेर १३४३ अंकमा पुगेको थियो। बजार उकालो लागेको मौका छोपी आफ्नो नाफा सुरक्षित गर्नतर्फ लगानीकर्ताहरु लाग्दा बजार ओरालो लागेको हो।

विषेषगरी अल्पकालीन लगानीकर्ताहरु हावी भई किन्ने भन्दा बेच्नेहरु बढी हुँदा बजार ओरालो लागेको हो। यसदिन बजारमा १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँमा किनबेच भयो।

सोमबार घटेको बजार करेक्सन मात्र भएको बजार विश्लेषकहरुको दाबी छ। गत हप्ता ९७ अंकले बढेको बजार आइतबार पनि ३४ अंकले बढेको थियो। तर सोमबार आएर उकालो लागेको बजारमा एक्कासी ब्रेक लागेको छ। नेप्से बजारका सबै समूहको उपसूचक ओरालो लागेको छ।

यसदिन बैंकिङ समूह १५.८८ अंकले घटेको यो दिन व्यापार समूहमा ५४.५९ अंक, होटल समूहमा ६४.०९ अंक, विकास बैंक समूहमा ५२.८७ अंक, जलविद्युतमा ४२.२२ अंक, वित्त समूहमा २२.३३ अंक, निर्जीवन बिमा समूहमा ११६.३१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१.९१ अंक, अन्य समूहमा १३.५३ अंक, लघुवित्त समूहमा ५७.८८ अंक, जीवन बिमा समूहमा १५४.६५ अंक र म्युचुअल फण्ड समूहमा ०.१८ अंकको गिरावट आयो।

बजार घटेको दिन धेरै कारोबार गर्ने कम्पनीहरुमा हिमालयन डिस्टीलरीको २० करोड ९२ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। यसैगरी, एनसीसी बैंक,नेपाल लाइफ इन्स्योरेन्स, प्रभू बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट लगायतले सबैभन्दा बढीको सेयर कारोबार गरेका छन्।

घटेको बजारमा पनि सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमई बैंकको सेयर मूल्यमा १० प्रतिशत हाराहारीको बढोत्तरीसँगै सर्किट लाग्यो।

यस्तै, मल्टिपर्पस फाइनान्सको सेयरमूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ। त्यस्तै यसदिन गुमाउनेमा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै हिमालयन पावर पार्टनर, पाँचथर पावर, पोखरा फाइनान्स र विशाल बजार कम्पनीका सेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीको गिरावट आएको नेप्सेले जनाएको छ।

प्रकाशित: Jan 20, 2020| 15:34 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्