मंगलबार, भदौ २, २०८३

मोरङमा तीन एक्सकाभेटरमा आगजनी

मोरङको मिक्लाजुङमा आइतबार राति तीन एक्सकाभेटरमा आगजनी गरिएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

मोरङ– मोरङको मिक्लाजुङमा आइतबार राति तीन एक्सकाभेटरमा आगजनी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार मिक्लाजुङ गाउँपालिका–१, बाँझफिट्टेमा शर्मा भीमेश्वर जेभी कम्पनीका को१क ३०३० र नम्बर प्लेट नभएका दुई एक्सकाभेटरमा आगजनी गरिएको छ।

ती एक्सकाभेटर मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएको बुझिएको छ।

आगजनीबाट एक्सकाभेटरका सिट जलेको र त्यसको अगाडिको भागमा समेत सामान्य क्षति पुगेको उनले बताए। “आगजनीको क्षतिबारे प्राविधिक प्रतिवेदनपछि मात्रै जानकारी हुन्छ,” उनले भने। 

आगजनी कसले गराएको भन्ने विषयमा केही नखुलेको डीएसपी थापाले बताए।

शंकास्पद वस्तु फेला

आगजनी गरिएको स्थानमा शंकास्पद वस्तु फेला परेको छ।

शंकास्पद वस्तु डिस्पोजका लागि टोली पठाइएको डीएसपी थापाले जानकारी दिए। सदरमुकामबाट घटनास्थल पुग्न ५–६ घन्टा समय लाग्ने भएकाले टोली पुगिनसकेको उनले बताए।

प्रकाशित: Jan 20, 2020| 10:00 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।