आइतबार, चैत १, २०८२

भारत: मस्जिदमा हिंदू जोडीको विवाह, उपहारमा १० असर्फी

केरलको अलप्पुझाको एक मस्जिद कमिटीले विधिपूर्वक हिंदू जोडीको विवाह गराएर साम्प्रदायिक सद्भावको गतिलो सन्देश दिएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

भारत– केरलको अलप्पुझाको एक मस्जिद कमिटीले विधिपूर्वक हिंदू जोडीको विवाह गराएर साम्प्रदायिक सद्भावको गतिलो सन्देश दिएको छ।

National life

द टेलिग्राफमा प्रकाशित समाचार अनुसार चेरुवली मुस्लिम जमात मस्जिद परिषरमा आइतबार आयोजित विवाह समारोहमा दुवै समुदायका करिब एक हजार व्यक्तिको सहभागिता थियो।

मस्जिदमा भएको यो विवाहमा हिंदू पुरोहितले मन्त्र पढेर विधि पूर्वक अञ्जु र शरतको विवाह गराएका थिए।

विवाहमा सहभागी करिब एक हजार जनलाई मस्जिद कमिटीले शाकाहारी भोजनको समेत व्यवस्था गरेको थियो ।

बेहुली अञ्जुको परिवार विपन्न भएकाले उनकी आमाले मस्जिद कमिटीसँग विवाह समारोह आयोजनका लागि सहयोग माग गरेको समाचारमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

मस्जिद कमिटीले अञ्जुका परिवारको आग्रह स्वीकार मात्र गरेन, बेहुलीलाई सुनका १० वटा सिक्का र दुई लाख रुपैयाँ उपहार समेत दिएको छ।

मस्जिद कमिटीका नुजुमुद्दीनका अनुसार दुई वर्षअघि अञ्जुका पिता अशोकनको मृत्युपछि उनको परिवार निकै समस्यामा छ।

केरलका मुख्यमन्त्री पिनरई विजयनले उक्त विवाह समारोहबाट उत्साहित हुँदै ‘केरल सधैँ एक छ, अगाडि पनि रहनेछ,’ भनेका छन्। उनले सामाजिक सञ्जालबाट नवविवाहित जोडी अञ्जु र शरतलाई बधाई पनि दिएका छन्।

 

प्रकाशित: Jan 20, 2020| 09:20 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।