शुक्रबार, चैत ६, २०८२

१४ महिनायताकै उच्च अंकमा बजार, नेप्से ३४ अंकले उकालो

बजारमा तरलता पर्याप्त भएसँगै सेयर बजारमा पनि उछाल आएको छ। सेयर बजार परिसूचक (नेप्से) आइतबार ३३.४३ अंकले उकालो लागेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- बजारमा तरलता पर्याप्त भएसँगै सेयर बजारमा पनि उछाल आएको छ। सेयर बजार परिसूचक (नेप्से) आइतबार ३३.४३ अंकले उकालो लागेको छ।

National life

बजार १४ महिनायताकै उच्च अंकमा पुगेको हो। आइतबार दिनभरी १५१ कम्पनीको २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको।

अर्थमन्त्रीमा डा.युवराज खतिवडा हट्ने सम्भावनाको हल्ला पनि बजारमा फिजिएको छ जसका कारण बजार उकालो लागेको हो। सेयर मूल्य बढेका छन् भने २० वटाको घटेको छ।

यसदिन सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन डिस्लरी, शिवम सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, प्रभू बैंक लगायतका कम्पनीको कारोबार भएको छ।

यसदिन लक्ष्मी इक्वीटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स, जानकी फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले १० प्रतिशत बढीले कमाएका छन्।

Laxmi sunrise bank
kumari

आइतबार सबैभन्दा बढी गुमाउनेमा स्वाभिमान लघुवित्त, कालिका पावर कम्पनी, जोशी हाइड्रपावर डेभलपमेन्ट कम्पनी, विशाल बजार कम्पनी लगायतका रहेका छन्।

आइतबार ट्रेडिङ समूहको उपसूचक मात्र घटेको छ भने बाँकी सम्पूर्ण समूहको समूहगत उपसूचक बढेको छ।

प्रकाशित: Jan 19, 2020| 19:01 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्