शुक्रबार, साउन १५, २०८३

मिसाइल आक्रमणमा यमनमा ८३ जवानको मृत्यु

एमनको मारिबमा एक मस्जिदमा मिसाइल आक्रमण हुँदा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

एजेन्सी- एमनको मारिबमा एक मस्जिदमा मिसाइल आक्रमण हुँदा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

आक्रमणको जिम्मा कसैले नलिए पनि हुथी विद्रोही समूहले आक्रमण गरेको आशंका गरिएको छ।

आक्रमण मिसाइल एवम् ड्रोनमार्फत् गरिएको जनाइएको छ।

सुरक्षाकर्मी जवानहरु नमाज पढिरहेका बेला मिसाइल आक्रमण भएको थियो।

आक्रमणमा करिब १५० जना घाइते भएका छन्। यमनमा विद्रोह गरिहरहेको हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताउने गरिएको छ।

साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनमा जारी द्वन्द्व अन्त्यको प्रयास गर्दै आएको छ।

पछिल्लो केही समययता त्यहाँ यस्ता खालका आक्रमणहरु रोकिएका थिए।

अधिकारीहरुका अनुसार राजधानी सानाको पूर्वपट्टि करिब १७० किलोमिटर टाढा रहेको मारिब भन्ने ठाउँमा एक मस्जिदमा नमाज पढिरहेका बेला आक्रमण भएको हो।

यो आक्रमण भन्दा एक दिनअघि सरकारी सुरक्षा बलले सानाको उत्तरी क्षेत्रमा पर्ने नाहममा हुथी विद्रोहीविरुद्ध ठूलो अभियान चलाएको थियो।

प्रकाशित: Jan 19, 2020| 18:20 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।