बिहीबार, वैशाख ३१, २०८३

नायिका शबाना सवार कार दुर्घटनामा

बलिउडकी चर्चित नायिका शबाना आजमी चढेको कार दुर्घटनामा परेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं- बलिउडकी चर्चित नायिका शबाना आजमी चढेको कार दुर्घटनामा परेको छ।

National life

मुम्बई–पुणे हाईवेमा कार दुर्घटना हुँदा शबाना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनलाई नयाँ मुम्बईको केएमजीएम अस्पतालमा भर्ना गरिएको छ।

यो दुर्घटना मुम्बईबाट ६० किलोमिटर दूरीमा रहेको खलापुर नजिक दिउँसो पौने ४ बजे भएको जनाइएको छ।

रायगढका एसपी अनिल परासकरका अनुसार उनको कार ट्रकसँग ठोक्किएको थियो।

दुर्घटनामा कार पुर्णरुपमा क्षतिग्रस्त भएको छ।

शबाना आफ्ना पति जावेद अख्तरसहित कारमा सवार थिइन्। जाबेद भने सकुशल रहेका छन्।

प्रकाशित: Jan 18, 2020| 18:24 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।