मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप छनोट : युक्रेनसँग बराबरीमा रोकियो फ्रान्स, क्रोएसियाको संघर्षपूर्ण जित

विश्वकप छनोट : युक्रेनसँग बराबरीमा रोकियो फ्रान्स, क्रोएसियाको संघर्षपूर्ण जित

फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा २०१८ को विश्वविजेता फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा २०१८ को विश्वविजेता फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

युक्रेनको एनएससी ओलिम्पिस्की मैदानमा भएको खेलमा युक्रेनले पाहुना टिम फ्रान्सलाई बराबरीमा रोकेको हो।

एक गोलले पछि परेको अवस्थामा फ्रान्सका एन्थोनी मार्सलले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसअघि खेलको ४४औं मिनेटमा घरेलु टिमका म्याकेला सेपरेन्कोले युक्रेनलाई अग्रता दिलाएका थिए।

खेल अवधिभर ६२ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि फ्रान्सले गोल थप्न सकेन। यता विपक्षीको पोस्टमा फ्रान्सको भन्दा ठिक आधा अर्थात् ८ प्रहार गरेको युक्रेनले पनि अर्को गोल गर्न सकेन्।

यो बराबरीका साथ नौ अंक बनाएको फ्रान्स समूह डीको शीर्षस्थानमा छ। यता फिनल्यान्ड, युक्रेन, बोसनियाँ हर्जगोभिना र काजखस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

छनोटको समूह डीअन्तर्गतको खेलमा क्रोएसियाले स्लोभाकियाविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। क्रोएसियाले ५५ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि घरेलु टिम स्लोभाकियाले विपक्षीको पोस्टतर्फ १७ प्रहार गरेका थियो।

क्रोएसियाले भने स्लोभाकियाको जति अट्याक बनाउन सकेन। तर, स्लोभाकियाको कुनै प्रयास गोलमा बदलिन नसकेपछि उसले पराजय बोहोर्‍यो। यता, जितका बाबजुद १० अंक बनाएको क्रोएसिया दोस्रो स्थानमा छ। समान १० अंक भएको रसिया शीर्षस्थानमा छ।

स्लोभेनिया तेस्रो स्थानमा छ भने स्लोभाकिया चौथो स्थानमा छ। माल्टा र साइप्रस पाँचौ र छैटौं स्थानमा छन्।

प्रकाशित: Sep 05, 2021| 08:07 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।