बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एमएम कप फाइनल : त्रिभुवन आर्मीद्वारा नेपाल पुलिससामु १८५ रनको लक्ष्य प्रस्तुत

एमएम कप फाइनल : त्रिभुवन आर्मीद्वारा नेपाल पुलिससामु १८५ रनको लक्ष्य प्रस्तुत

मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई एक सय ८५ रनको लक्ष्य दिएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं – मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल चलिरहेको छ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई एक सय ८५ रनको लक्ष्य दिएको छ।

त्रिभुवन आर्मी क्लबले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रन बनायो। त्रिभुवन आर्मीका लागि विनोद भण्डारीले सर्वाधिक ४० रनको योगदान दिए। ६६ बल खेलेका उनले आफ्नो पारीमा ४ चौका प्रहार गरे। ओपनिङमा आएका राजु रिजालले २२ रन जोडे भने उनीसँगै आएका अनिल मण्डलले दोहोरो अंकमा रन ल्याउन सकेनन् ।

खेलमा रोहित पौडेलले ११, राजेश पुलामीले ३१, कुशल मल्लले १३ र विक्रम शोवले १५ रन जोडे। पहिलो पारीमा एक मात्रै छक्का रोहितले प्रहार गरे। यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

उता, बलिङतर्फ दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र सागर ढकालले समान ३ विकेट लिए। पवल शर्राफले एक विकेट चट्काए।

नेपाल पुलिसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: Jan 18, 2020| 13:58 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।