बुधबार, असार ३१, २०८३

एपीएफ र त्रिभुवन आर्मीको विजयी सुरुवात

पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं– पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज (शनिबार) भएको पहिलो खेलमा साविक विजेता एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्‍याे। खेलमा एपीएफ हाबी देखिएपछि जाउलाखेलले दोहोरो अंकको स्कोर जोड्न सकेन। एपीएफले जावलाखेलविरुद्ध २४–४, २५–८ र २५–८ को स्कोरमा नतिजा निकाल्यो।

आजै भएको दोस्रो खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मीले भरतपुर मेट्रो खेलकुदलाई ३–० को सोझो सेटमै पराजित गर्‍याे। त्रिभुवन आर्मीले भरतपुरविरुद्ध २५–८, २५–२० र २५–१० को नतिजा निकाल्यो।

प्रकाशित: Jan 18, 2020| 12:59 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।