मंगलबार, भदौ २, २०८३

नाट्टा अध्यक्षमा गुरागाईं

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं– नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्।

शुक्रबार राति सम्पन्न मतगणना अनुसार उनी १५० मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ मत ल्याए। अर्का प्रतिस्पर्धी मिहिका धाख्वाले १०९ मत पाए।

यस्तै, वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भए।

सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भए।

निर्वाचन समितिका अनुसार निर्वाचनमा ४०५ मत खसेको थियो।

नवनिर्वाचित अध्यक्ष गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन्। उनले नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन्।

प्रकाशित: Jan 18, 2020| 12:44 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्