बुधबार, मंसिर १७, २०८२

बाहिरका छाउगोठ भत्काइए, मनभित्रका बाँकी

कर्णाली प्रदेशमा १४ सय बढी छाउगोठ भत्काइएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दिएको जानकारी अनुसार कर्णालीमा हालसम्म १४ सय ३२ वटा छाउगोठ भत्काइएको हो।
 |  शनिबार, माघ ४, २०७६

देव राना

देव राना

शनिबार, माघ ४, २०७६

सुर्खेत - कर्णाली प्रदेशमा १४ सय बढी छाउगोठ भत्काइएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दिएको जानकारी अनुसार कर्णालीमा हालसम्म १४ सय ३२ वटा छाउगोठ भत्काइएको हो। जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात १२ सय छाउगोठ भत्काइएको छ। त्यस्तै दैलखमा दुई सय २१, कालिकोटमा २०, जाजरकोटमा ९ र सल्यानमा दुई वटा छाउगोठ भत्काइएका हो।

National life

सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुन गाउँपालिकाका विभिन्न स्थानमा रहेका छाउगोठहरु भत्काइएका छन्। पश्चिममा अछामबाट बसाइसरी आएको बस्ती भएका कारण अधिकांस महिलाहरु छाउ हुँदा छाउगोठ बस्ने परम्परा कायमै रहेको छ। ‘१८ सय मध्ये अहिलेसम्म १२ सय छाउगोठ भत्काइयो, तर मनभित्रको छाउगोठ भत्काउन बाँकी रहेको छ,’ अधिकारी भन्छन् ‘अव प्रदेश र स्थानीय तहले सचेतनामूलक कार्यक्रम सुरु गरेर मनको छाउगोठ भत्काउन अग्रसर हुनुपर्दछ।’ वर्षाका कारण सुर्खेतमा केही दिन छाउगोठ भत्काउने अभियान रोकिएको छ।

त्यस्तै दैलेखमा झण्डै एक हजार छाउगोठमध्ये दुई सय २१ छाउगोठ मात्रै भत्काइएको छ। दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार जिल्लाका सबै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय, स्थानीय तहका जनप्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिहरुको सहयोगमा जिल्ला प्रशासनका कार्यालयको अगुवाईमा छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो।

उता कालिकोटमा छाउपडीविरुद्धको अभियान सुरु गरिएको छ। कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीका अनुसार नरहरीनाथ गाउँपालिकामा रहेका २० वटा छाउगोठ भत्काइएको हो। देउता रिसाउने अन्धविश्वासका कारण महिनावारी र सुत्केरी हुँदा छाउबस्ने परम्परा रहेको उनको भनाई छ। छुट्टै छाउगोठ नभएपनि जिल्लाका अधिकांस नागरिकले महिनावारीको समयमा महिलाहरुलाई गाईगोठसँगै राख्ने गरेका छन्।

Laxmi sunrise bank
kumari

जाजरकोटको चुनीचाँदे गाउँपालिकामा छाउगोठहरु भत्काइएका छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चुनीचाँदे गाउँपालिकामा ९ वटा छाउगोठ भत्काइएको हो। जिल्लाको चुनीचाँदे र छेडागाड नगरपालिका बढी छाउबार्ने चलन रहेको छ ।

कर्णालीमा भत्काइएका १४ सय ३२ मध्ये दुई वटा प्रयोगविहीन छाउगोठ हुन्। सल्यानमा प्रयोगविहीन अवस्थामा भेटिएका दुईवटा छाउगोठ भत्काइएको सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए। ‘सल्यानमा छाउगोठमा बस्ने परम्परा छैन’ न्यौपानेले भने, ‘प्रयोगविहीन अवस्थामा भेटिएका दुईवटा छाउगोठ भत्काइएको छ।’

त्यस्तै हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, जुम्ला र मुगुमा पनि छाउगोठ भेटिएका छैनन्। डोल्पा र हुम्लामा लामा समुदायको बाहुल्यता रहेको छ। लामा समुदायमा छाउबार्ने परम्परा नरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्। ‘हुम्लाका शाही ठकुरी र क्षेत्री समुदायमा मात्रै छाउबार्ने चलन रहेछ’ उनले भनिन्, ‘लामा समुदायमा छाउबार्ने परम्परा छैन।’

त्यस्तै डोल्पामा पनि छाउबस्ने परम्परा नरहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको भनाइ छ। मुगुमा भने छाउगोठ भत्काउने अभियान प्रभावकारी हुन सकेको छैन। मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार मुगुमा छाउगोठ नभएपनि छाउबार्ने परम्परा रहेको छ। ‘मुगुमा छुट्टै छाउगोठ छैनन्, तर महिनावारी र सुत्केरी हुँदा घरको एउटा कोठामा राख्ने चलन छ’ घिमिरे भन्छन, ‘जिल्लामा कानूनी सचेतनामूलक कार्यक्रम गरिरहेका छौं।’

उता जुम्लामा पनि छाउपडीविरुद्धको महाअभियान सुरु गरिएको छ। ‘छाउपडी मान्दैनौं भनेर राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणले सामुहिक प्रतिबद्धता जनाएका छन्’ प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे भन्छिन्, ‘छाउपडीविरुद्धको महाअभियान सफल बनाउन प्रत्येक स्थानीय तहमा सचेतनामूलक कार्यक्रम चलिरहेको छ।’

कर्णालीका सबै जिल्ला प्रशासन कार्यालयहरुले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता रोक्न र अभियानविरुद्ध लाग्नेलाई कारबाही गर्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा विभिन्न संयन्त्र परिचालन गर्ने, समाजका अगुवाहरुको घरमा छाउगोठ भत्काउने, सामुदाय तहबाटै अभियान सशक्त सञ्चालन गर्ने, धामीझाँक्रीलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने, अबरोध गर्नेलाई नियन्त्रणमा लिने जस्ता कार्यक्रम सञ्चालन गरिएका छन्।

प्रकाशित: Jan 18, 2020| 11:35 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।