मंगलबार, चैत १०, २०८२

भारतले श्रृंखला बराबरीमा ल्यायो

अष्ट्रेलियासँगको तीन एकदिवसीय सिरिज भारतले एक एकको बराबरीमा ल्याएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं - अष्ट्रेलियासँगको तीन एकदिवसीय सिरिज भारतले एक एकको बराबरीमा ल्याएको छ। पहिलो खेलमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतले दोस्रो खेलमा भने अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको छ। भारतको जितसँगै अन्तिम एक दिवसीय खेल रोचक बन्ने भएको छ। तेस्रो खेल जित्नेले सिरिज आफ्नो पक्षमा पार्ने छ।

National life

शुक्रबार राजकोटमा सम्पन्न दोस्रो दिवसीय खेलमा भारतले दिएको ३ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३ सय ४ रनमात्रै बनाउन सक्यो। अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ९८, मार्नुस लाबुशचेन्जले ४६, एरोन फिन्चले ३३ तथा एस्टन अगरले २५ रन बनाए। भारतका मोहम्मद सामीले तीन तथा नवदिप सैनी, रविन्द्र जडेजा र कुलदिप यादवले समान २/२ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो। भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए। अष्ट्रेलियाका एडम जाम्पाले तीन र केन रिचर्डसनले २ विकेट लिए।

तेस्रो तथा अन्तिम एक दिवसीय खेल आइतबार हुने छ।

प्रकाशित: Jan 18, 2020| 08:26 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।