बुधबार, असार ३१, २०८३

एमएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं - सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। इनरुवा क्रिकेट मैदानमा आज (शनिबार) ९ बजेबाट सुरु हुने खेलमा आर्मी र पुलिस उपाधिको दौडमा हुने छन्।

आर्मीको टोलीलाई विनोद भण्डारीले कप्तानका रुपमा सम्हालीरहेका छन् भने पुलिस क्लबको कप्तानमा मन्जित श्रेष्ठ रहेका छन्।

बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उसले प्रदेश ३ लाई ६४ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो।

त्यस्तै बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पुलिसले सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्ने छ। यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार प्राप्त गर्नेछन्।

 

प्रकाशित: Jan 18, 2020| 08:08 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।