मंगलबार, असार २३, २०८३

डिपेको सानदार प्रदर्शनमा नेदरल्यान्ड्सको जित

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप युरोपेली देशहरूको छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप युरोपेली देशहरूको छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ।

नेदरल्यान्ड्सको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम मेन्टेनिग्रोविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो।

नेदरल्यान्ड्सको जितका लागि मेम्फिस डिपेले दुई गोल गरे भने जोजिनियो वाइनाल्डुम र कोडी गाक्पोले समान १–१ गोल गरे।

खेलको ३८औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डिपेले गोल गरेका थिए। यससँगै पहिलो हाफमा नेदरल्यान्ड्स एक गोलले अघि रह्यो। दोस्रो हाफको ६०औं मिनेटमा डिपेले अर्को गोल थपे भने वाइनाल्डुमले ७०औं मिनेटमा गोल गरे।

लवाइनाल्डुमले गरेको गोलको समयको छ मिनेटपछि गोक्पोले गोल गर्दा नेदरल्यान्ड्सले ४–० गोलको अग्रता बनायो। र, सोहि अग्रताका साथ उसले खेल जित्यो।

डिपेले अहिलेसम्म आफ्नो देशका लागि ३० गोल गरेका छन्। जहाँ उनले पछिल्लो ९ खेलबाट ९ गोल गरेका छन्।

डिपेको प्रदर्शनप्रेरित जितसँगै पाँच खेलबाट १० अंक बनाएको नेदरल्यान्ड्स समूह जीको दोस्रो स्थानमा छ भने पराजित मोन्टेनिग्रो सात अंकका साथ चौथो स्थानमा छ। शीर्षस्थानको टर्कीको १० अंक छ।

टर्कीले गएरातिको खेलमा जिब्राल्टरविरुद्ध ३–० गोलको जित निकालेको छ। यता सोहि समूहको अर्को खेलमा नर्वेले लात्भियालाई २–० गोलको जित निकालेको छ।

नर्वेका लागि इर्लिङ हाल्यान्ड र मोहमद युनोसीले गोल गरे। नर्वे १० अंकका साथ समूहको तेस्रो स्थानमा छ भने लात्भिया चार अंकका साथ पाँचौ स्थानमा छ।

प्रकाशित: Sep 05, 2021| 07:39 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।