मंगलबार, भदौ २, २०८३

बन्दीपुरमा ‘फुड फेष्ट’

रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। शुक्रबार एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा सो महोत्सव माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं – रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। शुक्रबार एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा सो महोत्सव माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो।

रेबान पोखरा, रेबान सौराहा तथा केन्द्रीय रेबानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

खान तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्थासमेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशान भट्टराईलगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत महोत्सवमा हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Jan 17, 2020| 16:48 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्