मंगलबार, भदौ २, २०८३

बजार ५५ अंकले उकालो, कारोबार दोब्बरले बढ्यो

यस साता सेयर बजारमा हरियाली छाएको छ। सातामा पाँच कारोबार दिन बजार ५५ अंकले उकालो लागे बजार १३१० अंकमा अडिएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं - यस साता सेयर बजारमा हरियाली छाएको छ। सातामा पाँच कारोबार दिन बजार ५५ अंकले उकालो लागे बजार १३१० अंकमा अडिएको छ। साताको पहिलो दिन आइतबार सेयर बजार ४२.६१ अंकले उकालो लागेको थियो भने सोमबार १६ अंकले उकालो लागेर १२७०.८ अंकमा अडिएको थिया। त्यस्तै मंगलबार ७.४ अंकले बजार ओरालो लागे पनि बुधबार २० अंक बजार उकालो लागेको थियो। बिहीबार भने बजार २६ अंकले बढेर १३१० अंकमा अडिएको छ।

कारोबारको आधारमा साताभर सबैभन्दा बढी एनआइसी एसिया बैंक, सिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालय डिष्टीलरी, कर्मचारी सन्चयकोष, प्रभू बैंकको रहेको नेप्सेले जनाएको छ।
सातामा ग्लोवल आइएमइले मर्जपछिको ७ करोड २० लाख ८७ हजार ८१ कित्ता सेयर र सिर्जना फाइनान्स लिमिटेडको २७ लाख ६४ हजार ६९२ हकप्रद सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको पनि नेप्सेले जानकारी दिएको छ।

साताभर १ करोड १४ लाख कित्ता सेयर बराबरको ४ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो साता ७१ लाख कित्ता सेयर बराबरको दुई अर्ब ३९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: Jan 17, 2020| 16:35 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्