बिहीबार, वैशाख ३१, २०८३

१८ घण्टा हिउँमा पुरिएकी बालिकाको उद्धार

पाकिस्तानमा हिम पहिरोमा पुरिएकी एक १२ वर्षीया बालिका १८ घण्टापछि जिवितै उद्धार गरिएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- पाकिस्तानमा हिम पहिरोमा पुरिएकी एक १२ वर्षीया बालिकाकाे १८ घण्टापछि जिवितै उद्धार गरिएको छ।

National life

कश्मीर पीओकेमा हिम पहिरोमा पुरिएकी बालिकाको जिवितै उद्धार गरिएका त्यहाँका अधिकृतहरुले जनाएका छन्।

हिम पहिरोले पुरिएको घरभित्रबाट उद्धार गरिएको बालिकाको एउटा खुट्टा भाँचिएको छ। समीना बीबी नाम गरेकी ती किशोरीले आफू हिउँभित्र मर्छु जस्तो लागेको तर भगवानले आफूलाई बचाएको बताएकी छन्।

पीओकेको निलम भ्यालीमा सोमबार भएको हिम पहिरोमा परी अहिलेसम्म १ सय जनाको मृत्यु भैसकेको अनुमान गरिएको छ। जसमा ७४ जनाको शव निकालिएको छ।

समीनाले हिम पहिरो आएको थाहा पाएपछि आफू निक्कै चिच्याएको र त्यसैक्रममा आफू पुरिएको बताएकी छन्।

घटनामा उनकी आमाको पनि जिवितै उद्धार गरिएको छ। यद्यपि बैनी र भाइलाई भने उनले गुमाएकी छन्।

उद्धार गरिएका आमाछोरीलाई हेलिकोप्टरबाट मुज्जफराबादको एउटा अस्पताल लगिएको छ।

प्रकाशित: Jan 17, 2020| 14:44 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।