बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप सुरु

पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप सुरु

पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप राजधानीमा आज (शुक्रबार) सुरु भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप राजधानीमा आज (शुक्रबार) सुरु भएको छ।

नेपाल भलिबल संघका आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा च्याम्पियनसिप सुरु भएको हो। च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ क्लब सहभागी छन्।

च्याम्पियनसिपमा पुरुषतर्फ चार र महिलातर्फ दुई समूह विभाजन गरिएको छ।

पुरुषतर्फ हरेक समूहबाट शीर्ष टोली क्वाटरफाइनल पुग्नेछन् भने महिलातर्फ समूहका शीर्ष टोली सेमीफाइनल पुग्नेछन्। च्याम्पियनसिपको उत्कृष्ट ६ टिमले लिग क्लबमा सहभागी बन्ने अवसर पाउनेछन्।

च्याम्पियनसिपमा सहभागी टोलीले बढीमा ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी विजयी

राखेपको कभर्डहलमा भएको च्याम्पियनसिपको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

साविक विजेता आर्मीले शुक्रबार आरजी ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुरुषतर्फ सहभागी टोली

समूह ‘ए’

त्रिभुवन आर्मी, आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब

समूह ‘बी’

बुलबुले रारा क्लब र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र ‘ए’, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र ‘बी’

समूह ‘सी’

नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब

समूह ‘डी’

हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब 

(याे समूहका दुवै टिम सिधै क्वाटरफाइनलमा पुग्नेछन्)

महिलातर्फ सहभागी टोली

समूह ‘ए’

एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगर

समूह ‘बी’

न्यू डायमन्ड क्लब, नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब

 

प्रकाशित: Jan 17, 2020| 14:08 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।